LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा शनिवार निःशुल्क मुटुरोग बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिकाले यस बर्ष बिभिन्न संघ सस्थाहरु संग सहकार्य गरि बिभिन्न रोगका निःशुल्क शिबिर सञ्चालन गदै आएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले बताउनु भयो । कञ्चन गाँउपालिका अलि ग्रामिण क्षेत्र रहेकोले यहाँ बिशेषज्ञ चिकित्सक नहुदा न्यून बर्गका स्थानियहरु स्वास्थ्य परिक्षण गर्नबाट बन्चित नहुन भन्ने उद्योश्यले शिबर सञ्चालन गरेको गौतमले बताउनु भयो ।
२ दिन सम्म चल्ने शिविरको पहिलो दिन गजेडी हेल्थपोस्टमा सञ्चालन भएको शिविरमा २०३ जना स्थानियले सेवा लिएका थिए । त्यस मध्ये १५५ जनाले ईसिजि र १५ जनाको इको परिक्षण गरिइकोे गजेडी स्वास्थ्य चौकी प्रमुख गिताराम रिजालले बताउनु भयो ।
कञ्चन गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष टेकबहादुर गुरुङ्गको परिक्षण गरि शुरु भएको शिविरमा डा नबिन पहाडी, डा. महेश्वर हेजु लगाएत ओजेल हेल्थकेयरको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । शिविरमा मुटुरोग सम्बन्धी जाँच, परिक्षण तथा परामर्स सेवा प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय