LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ६ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ४१ औं बार्षिकोत्सवको अवसरमा आईतवार छात्रबृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रम साताब्यापी मनाउने अभियान अन्तरगत आईतवार छात्रबृत्ति तथा पुरस्कार वितरण गरिएको हो ।

विद्यालयका रेडक्रस विभागका संयोजक केशवराज ज्ञवालीले विद्यालयलमा हरेक शुक्रबार अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न रचनात्मक कार्यक्रम हुने गरेको बताउँदै बार्षिकोत्सवको अवसरमा ४० भन्दा बढी इभेन्टमा विभिन्न प्रतियोगिताहरु भएको र विद्यार्थीहरुका उत्साहपूर्ण सहभागिता रहेको बताउनु भयो ।


त्यसैगरि विद्यालयका अतिरिक्त कृयाकलाप विभाग प्रमुख दुर्गाप्रसाद भुसालले बिद्यालयले सैनामैनामा मात्रै नभै जिल्ला र राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै विद्यालयले आफ्नो ४१ औं बार्षिकोत्सव मनाउँदै गर्दा विभिन्न कृयाकलापका साथै साताब्यापी साहित्यिक, हाजिरीजवाफ लगायतका कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

त्यसैगरि विद्यालयका खेलकुद विभाग प्रमुख परशुराम चौधरीले बार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउँदै नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको खेलक्ुदको रुची अन्ुसारको प्रतियोगिताले विद्यार्थीमा खेल क्षेत्रमा अघि बढ्न सहयोग मिल्न्ुका साथै आफ्नो प्रतिभा प्रस्फुटन गरेको बताउनु भयो ।


सैनामैना नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेलको अध्यक्षता र सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासेको प्रमु्ख आतिथ्यतामा भएको कार्यक्रममा १३० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुका साथै खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय