LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ५ मा रहेको मलमलादेवी माध्यमिक विद्यालयको ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतवार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
बार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय योजना आयोगकी सदस्य अनिता ढुंगाना शाह प्रम्ुख अतिथि हुनुहुन्थ्यो ।

त्यस अवसरमा बोल्दै उहाँले आजको २१ औं शताब्दीमा विद्यालयहरुमा नैतिक र प्राविधिक शिक्षा जरुरी रहेको बताउँदै आगामी पाँच बर्षमा शिक्षामा गर्नुपर्ने कामको योजनाका साथै शिक्षालाई निशुल्क गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो । उहाँले विद्यालयहरुबाट प्राविधिक जनशक्ति उत्पादन गर्नु जरुरी रहेको बताउँदै त्यसलाई उत्पादनमा जोडनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले पढ्नका लागि विदेश गएपनि फर्केर देशमा काम गर्ने, उद्यम गर्ने जनशक्ति तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पछिल्लोपटक शिक्षा क्षेत्रमा परिवर्तन आएको उल्लेख गर्दै शिक्षाको बिषयमा तुलनात्मक ढंगबाट अध्ययन गर्नु जरुरी रहेको बताउँदै कुनै दिन विद्यालय थिए तर विद्यार्थी थिएनन, अहिले विद्यार्थी छन तर विद्यालयको भवन नहुने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले पहिले सामुदायिक विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति हुने गरेपनि अहिले भने अभिभावकहरुले सामुदायिक विद्यालयमा बालबालिका पढाउन पठाउन थालेको बताउनु भयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, नेकपा माओवादी सैनामैनाका इञ्चार्ज मानवहादुर महत, विद्यालयका सल्लाहकार जीबनाथ पाण्डे, शिक्षक संघका अध्यक्ष रामदत्त जैसी लगायतले विद्यालयमा विद्यार्थी आकर्षण बढाउन शिक्षा गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय