LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।

कालीगण्डकीको मिर्मी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको छ ।

छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक जित्दै वडा नं।७ पहिलो भएको हो । तीन स्वर्ण, चार रजत र चार कास्य गरी ११ पदक जित्दै वडा नं  ५ दोस्रो भएको छ । यस्तै, तीन स्वर्ण, तीन रजत र एक कास्य गरी सात पदक जित्दै वडा नं २ तेस्रो भएको छ ।

पालिकाले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाइएको थियो । खेलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय