LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालित ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सम्पन्न भएको छ ।

कालीगण्डकीको मिर्मी स्थित खेलमैदानमा भएको प्रतियोगिताको उपाधी वडा नं ७ ले जितेको छ ।

छ स्वर्ण, दुई रजत र चार कास्यसहित १२ पदक जित्दै वडा नं।७ पहिलो भएको हो । तीन स्वर्ण, चार रजत र चार कास्य गरी ११ पदक जित्दै वडा नं  ५ दोस्रो भएको छ । यस्तै, तीन स्वर्ण, तीन रजत र एक कास्य गरी सात पदक जित्दै वडा नं २ तेस्रो भएको छ ।

पालिकाले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाइएको थियो । खेलको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय