LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पसको सामाजिक सम्बन्ध तथा सूचना व्यवस्थापन समितिको आयोजनामा अभिभावक भेला सम्पन्न भएको छ ।

समितिका संयोजक तथा प्राध्यापक दीपक भुसालको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता शिक्षाशास्त्र सङ्काय प्रमुख विनोद पौडेलको स्वागत र समितिका सदस्य तथा लेखापाल कपिलमणि पौडेलको सञ्चालनमा सम्पन्न भेलामा झन्डै १०० बढी अभिभावकको उपस्थिति रहेको थियो ।

शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीका अभिभावक मात्रै उपस्थित यो कार्यक्रमजस्तै निकट भविष्यमै व्यवस्थापन सङ्कायका विद्यार्थीका अभिभावकको पनि भेला गरिने कार्यक्रमका अध्यक्ष दीपक भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पस र विद्यार्थीको हितका लागि अभिभावकको भूमिकामाथि प्रकाश पार्दै भेलामा उपस्थित अभिभावकको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा अभिभावकले आआफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो । भेलाले १५ सदस्यीय अभिभावक समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय