LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पसको सामाजिक सम्बन्ध तथा सूचना व्यवस्थापन समितिको आयोजनामा अभिभावक भेला सम्पन्न भएको छ ।

समितिका संयोजक तथा प्राध्यापक दीपक भुसालको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता शिक्षाशास्त्र सङ्काय प्रमुख विनोद पौडेलको स्वागत र समितिका सदस्य तथा लेखापाल कपिलमणि पौडेलको सञ्चालनमा सम्पन्न भेलामा झन्डै १०० बढी अभिभावकको उपस्थिति रहेको थियो ।

शिक्षाशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थीका अभिभावक मात्रै उपस्थित यो कार्यक्रमजस्तै निकट भविष्यमै व्यवस्थापन सङ्कायका विद्यार्थीका अभिभावकको पनि भेला गरिने कार्यक्रमका अध्यक्ष दीपक भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पस र विद्यार्थीको हितका लागि अभिभावकको भूमिकामाथि प्रकाश पार्दै भेलामा उपस्थित अभिभावकको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा अभिभावकले आआफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो । भेलाले १५ सदस्यीय अभिभावक समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय