LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल जेसीज वर्ष २०२४ को अध्यक्षमा नुवाकोटका रविन पोखरेल निर्वाचित हुनुभएको छ। बुटवलमा सम्पन्न भएको ५० औं महाधिवेशनबाट पोखरेलले तीन प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभयो ।
पोखरेल नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ भने अघिल्लोपटक नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा पराजित हुनुभएको थियो । पोेखरेलले ५१० मत पाएर अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाउनुभयो । त्यसैगरी अध्यक्ष पदमा विजय गुरुङ र रश्मी शिल्पकार पनि उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भिमबहादुर कुंवर र सन्दिप अग्रहरी बिजयी हुनुभयो ।
महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेशचन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित हुनुभएको छ ।

उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वप्ना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अच्युत उप्रेती आयुष निर्वाचित हुनुभएको छ ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित हुने ब्यवस्था छ । जस अनुसार एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुने ब्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय