LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं, पुस ३ गते । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मङ्सिर २२ गते शुक्रबार दायर गर्नुभएको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्नुहुँदै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिनुभएको हो ।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको सांसद सिंहले रिट निवेदनमा उल्लेख गर्नुभएको छ ।

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्नुहुँदै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय