LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

डि यन के खनाल ।अस्ट्रेलिया क्रिकेट टिमका कप्तान तथा अलराउन्डर प्याट कमिन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईको दुबईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन सर्वाधिक महँगा खेलाडी थिए । गएको वर्षको मिनी अक्शनमा उनलाई पन्जाब किङ्ग्सले १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

कमिन्सलाई अनुबन्ध गर्नका लागि हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच प्रतिस्पर्धा भए पनि अन्तिममा हैदराबादले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍यो ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौँ पटक च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय