LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

 

बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि उडान रद्द गरिएको छ।

बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।

गौतमका अनुसार भीम परियार नामका यात्रु जहाजको १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका थिए। उनले आपत्‌कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको गौतमले बताए।

‘इमर्जेन्सी ढोका खुलेपछि उडान रद्द गरिएको छ। उहाँ ९भीम परियार० ले जहाजमा यात्रु बोर्ड गरेर डोर लक गरेपछि इमर्जेन्सी ढोका खोलिदिनुभयो, जहाजमा वान सी र डी सिट हुन्छन्। सो सिट हामी वृद्ध र बिरामीलाई दिँदैनौँ। केही भइहाल्यो खोल्नपर्ने ढोका हो। उहाँले खोलिदिनुभयो, उडान रोकियो’, गौतमले भने, यात्रुलाई अर्को विमानबाट पठाइयो। एक घण्टा ढिला भयो। अब त्यो जहाजचाहिँ इन्जिनियरले परीक्षण र उडानका लागि ठीक छ भनेपछि मात्र उडाउने हो, जहाजमा प्राविधिक समस्या आएको हैन। यात्रुचाहिँ अहिले प्रहरी नियन्त्रणम हुनुहुन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय