LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिका ३ मा अवस्थित हरैया बहुमुखी क्याम्पस , व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला सम्पन्न भएको छ । पब्लिक रिलेसन एण्ड इन्फरमेसन म्यानेजमेन्ट का संयोजक दीपक भुसालको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता , व्यवस्थापन सङ्काय प्रमुख मदन सुवेदीको स्वागत तथा लेखापाल कपिलमणि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा झण्डै ८० जनाभन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । अभिभावकका तर्फबाट टेकनारायण पौडेल , चुडामणि सुवेदी , फटिक पौडेल, देवी केसी लगायतले आफ्ना धारणा राख्दै महत्त्वपूर्ण सुझाव दिनुभएको थियोे भने क्याम्पस प्रमुख प्रकाश खनालले अभिभावकका गुनासाहरुको सम्बोधन गर्दै उपस्थित अभिभावकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय