LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

 

ठगीसम्बन्धी मुद्दामा कास्कीको पोखरा महानगरपालिका वडा नं।६ का वडा सदस्यसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेकसाइडको फुटट्रायकमा फोटोग्राफी गर्नेहरुलाई विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोग उनीहरुमाथि छ ।

पोखरा ६ लेकसाइड बस्ने ४१ वर्षका विकास पहारी, सोही ठाउँका वर्ष २२ का प्रवीन विश्वकर्मा, वर्ष २४ का अभिषेक परियार,, अभिषेक बराल र पोखरा ६ खहरे बस्ने ४२ वर्षीय दीपेन्द्र पहारी कारागार चलान भएका हुन् ।

दीपेन्द्र पोखरा महानगरपालिका वडा नं। ६ का वडा सदस्य हुनुहुन्छ । उनीहरु चारै जनालाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

यसैबीच, पहिल्लो क्रममा पोखरा महानगरका जनप्रतिनिधि विभिन्न अपराधमा मुछिने क्रम बढेको छ । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी सहकारी ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार हुनुहुन्छ भने पोखरा पोखरा ९ का वडा सदस्य भावना श्रेष्ठ न्यायिक समितिमा घूस लिने काण्डमा मुछिनुभएको छ ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले साढे चार महिना कैद हुने फैसला भएको गरेको छ । सोही वडाकी सदस्य मैयाँ नेपालीले अधिकारीले जातीय छुवाछूत तथा दुर्व्यवहार गरेको अभियोग उहाँलाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय