LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मा रहेको पहिलाखोला सामुदायिक वन उपभोक्ता समुहको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि तथा डिभिजन वन अधिकृत रुपन्देहीका प्रमुख प्रभात सापकोटाले नेपाल सरकारले कराडौको सम्पत्ती सामुदायिक वनको रुपमा स्थानिय समुदायलाई हस्तान्त्रण गरको बताउनु भयो । समुहले गर्नपर्ने मुख्य काम वन संरक्षण र वन बिकास हो भन्दै त्यस लगायत गरिबि निबारण र सामुदायिक बिकासमा पनि लगानी गर्न सक्ने र सो काम स्थानिय तह र प्रदेश सरकारले पनि गर्ने हुदाँ काममा डुब्लीकेसन नहोस भनि स्थानियतहका जनप्रतिनिधिलाई सहभागि गराएर काम गर्नुपर्नेे बताउनु भयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले सामुदायिक वनको मोडल नेपालमा आए सँगै समुदायको मुहार फेर्ने काममा महत्वपूण भुमिका खेलेकोे बताउदै हरेक सामुदायिक वनका फरक फरक निति भए पनि अन्तत सबैको उद्येश्य समुदायको रुपातरणनै रहेको बताउनु भयो ।

पहिलाखोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लक्ष्मी रानाको अध्यक्षता डिभिजन वन कार्यलय रुपन्देहीका प्रमुख प्रभात सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सैनामैना वडा नं. १० का अध्यक्ष कृष्ण प्रसाद घिमिरे, कञ्चन सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर भाट, बैज्ञानीक वन ब्यबस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका जिल्ला उपाध्यक्ष हिमलाल अर्याल, साझा टेलिभिजनका स्टेशन म्यानेजर नबिन घिमिरे, उपभोक्ता रत्ना घिमिरे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमा संस्थाका उपाध्यक्ष गौमया कंडेल सापकोटाले स्वागत, कोषाध्यक्ष बिष्णु खड्काले आर्थिक प्रतिवेदन र लेखा संयोजक पुनाराम घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समुहका सचिव टंकप्रसाद रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
वार्षिक साधारण सभाको अबसरका एस.ईईमा उत्कृट नतिजा ल्याउने उपभोक्ताका ४ जना छोरा छोरीलाई सम्मान, जेष्ट नागरिकलाई सम्मान र एकल महिला तथा पुरुषलाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय