LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रथम लुम्बिनी प्रदेश स्तरिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । पौष ६ र ७ गते गरि २ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्यसचिब जय प्रकास भट्टराईले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि भट्टराईले लुम्बिनी प्रदेशले सम्पुर्ण खेललाई समानरुपमा हेरेको भन्दै तेक्वान्दो खेललाई प्रबर्धन गर्न प्रदेश खेलकुद परिसद सधै सकारात्मक रहेको बताउनु भयो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका साथै आमन्त्रिण रुपमा काठमाण्डौ, मकवानपुर लगायतका गरि १७ ओटा टिमका १४० जना खेलाडिले सहभागिता जनाएको आयोजक रामापुर तेक्वान्दो डोजाङ्गका प्रमुख ज्ञानबहादुर सुन्दौलीले बताउनु भयो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ तेक्वान्दो खेललाई प्रर्वदन गर्न कुनै सरकारले चासो नदेखाए पछि सबै संग आर्थिक सहयोग उठाएर खेल सञ्चालन गर्नु परेको राष्ट्रिय तेक्वान्दो संघका जिल्ला सदस्य लोकेन्द्र बहादुर पुन मगरले बताउनु भयो ।

प्रतियोगितामा पुरुष र महिला गरि २१ वटा वयट अन्तरगत २१ वटा बिधामा र पुंसे तर्फ पुरुष र महिला गरि ६ वटा बिधामा खेल हुने आयोजकले जनाएको छ ।
रामापुर तेक्वान्दो डोजाङ्गका प्रमुख ज्ञानबहादुर सुन्दौलीको अध्यक्षता लुम्बिनी प्रदेश खेलकुद परिसद सदस्यसचिब जय प्रकास भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा माओवादीका सैनामैना नगर अध्यक्ष मानबहादुर महत सैनामैना वडा नं. ८ का अध्यक्ष बुद्धीराम चौधरी, वडा नं. ९ का अध्यक्ष भानुभक्त पाण्डे, सैनामैना नगर खेलकुद बिकास समिति सदस्य ममता बुढाथोकी लगायतले बाल्दै रामापुर तेक्वान्दो डोजाङ्गले आयोजना गरेको प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताले खेलाडीहरुलाई खेल प्रति लाग्न पोत्साहन मिलेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय