LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

केशब पन्थी  / छत्रगंन्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा एक दिने बृहत निस्शुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एडमण्ड सिटि हस्पिटलका काडियोलोजीस्ट डा प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा,मेडिकल अफिसर डाक्टर रोहित खड्का,डाक्टर विकाश घिमिरेले सेवा दिनुभएको थियो।

गाउँमा स्वास्थ्य शिविर ल्याउदा गरिब तथा रोग लुकाएर बसेका आमाबुबा तथा दिदी बहिनिहरुलाई निस्शुल्क उपचार गराउने उदेश्य लिएर कार्यक्रम आयोजना गरिएको र अहिलेसम्म ६०० जनाले उपचारको लागि टिकट लिई सकेको छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश राना, छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड सदस्यहरु , स्थानीय व्यावसायि टिन प्रसाद प्रधान,लगायतको सहभागी रहेको थियो। कार्यक्रमको संन्चालन छत्रगंन्ज रुपन्देही सम्पर्क समाजका सचिव विराज पौडेलले गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय