LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र अर्घाखाँचीको वनमा बाघ लगायत स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाउन क्यामरा ट्रयाप प्रविधि जडान हुने भएको छ ।

तराई भू–परिधि कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयाप प्रविधि जडान हुनेभएको हो । क्यामेरा जडान गरेपछि वन क्षेत्रमा रहेका वन्यजन्तु सँगै र चोरी तस्करी विषयमा जानकारी हुने लुम्बिनी प्रदेश वन निर्देशनालयका प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।
निर्देशनालयका अनुसार दुई किलोमिटर अन्तरमा एकसय बढी क्यामेरा जडान हुने बताइएको छ ।

कुनै जिवजन्तुु क्यामेराको नजिक आएपछि स्वचालित रुपमा फोटो खिच्नेछ । करिब एक महिनासम्म यी क्यामेरा वन क्षेत्रमा रहने ताल परियोजनाले जनाएको छ । विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु विज्ञ शशांक पौडेलले यस क्षेत्रमा बाघ र यसका प्रजाति तथा अन्य जनावरको अवस्था पत्ता लगाउन क्यामेरा ट्रयाप जडान गर्न लागेको बताउनुभयो । क्यामेरा ट्रयाप विधि प्रयोग गर्दा वन जोगाउन समेत प्रभावकारी हुने बताइएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र बुद्धभूमि नगरपालिकाको वडा ९ का वन क्षेत्रमा शुक्रवारदेखि क्यामेरा जडान गर्न सुरु भएको डिभिजन वन कार्यालय गौतमबुद्ध कपिलवस्तुका प्रमुख बसन्तराज सुवेदीले बताउनुभयो ।
क्यामेराबाट हुने गतिविधिको अनुगमन गर्न ३ जिल्लाका वन प्राविधिकलाई तालिम प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय