LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावकारी भएको पाइएको छ । आईतवार पालिकामा सामाजिक परिक्षण पश्चात आयोजित सुशासन र सार्वजनिक जवाफदेहीताका लागि सामाजिक परिक्षण बिषयक अन्तरक्रियात्मक कार्यक्रममा पालिकाले जनतालाई प्रदान गर्दै आएको सेवा प्रवाहमा कुनै कमी नदेखिएको बताइएको हो ।
कञ्चन गाउँपालिकाले सामाजिक जिम्मेवारी कति पूरा गर्न सक्यो सकेन तथा योजनाहरु कति पूरा भए भएनन भन्ने कुराको समीक्षा र लेखाजोखा गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जनप्रतिनिधि तथा कर्मचारीहरुले पालना गर्नुपर्ने तथा जनताप्रति जवाफदेही बन्नुपर्ने र कार्यसम्पादनका क्रममा अपनाउनु पर्ने सचेतनाका बिषयमा कार्यक्रमबाट धेरै सिक्ने अवसर प्राप्त भएको बताउँदै यसलाई पालिकाले काम गर्ने दौरानामा पालना गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरी सामाजिक परिक्षक ऋषिराम अर्यालले समग्रमा कञ्चन गाउँपालिकाको भौतिक तथा आर्थिक सामाजिक विकासमा उल्लेख्य सुधारका प्रयासहरु भएको पाइएको बताउँदै सामाजिक परिक्षण गर्दापनि ती कुराहरु झल्किएको बताउनु भयो । उहाँले जनताको सेवा, पालिकाका गतिविधिहरु हेर्दा राम्रो देखिएको बताउँदै अझैपनि सेवा प्रवाहलाई वडा तहसम्मै प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

एक दिने कार्यक्रममा कञ्चन गाउँपालिकाका शाखा प्रमुख, वडा सचिव लगायत कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय