LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावकारी भएको पाइएको छ । आईतवार पालिकामा सामाजिक परिक्षण पश्चात आयोजित सुशासन र सार्वजनिक जवाफदेहीताका लागि सामाजिक परिक्षण बिषयक अन्तरक्रियात्मक कार्यक्रममा पालिकाले जनतालाई प्रदान गर्दै आएको सेवा प्रवाहमा कुनै कमी नदेखिएको बताइएको हो ।
कञ्चन गाउँपालिकाले सामाजिक जिम्मेवारी कति पूरा गर्न सक्यो सकेन तथा योजनाहरु कति पूरा भए भएनन भन्ने कुराको समीक्षा र लेखाजोखा गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जनप्रतिनिधि तथा कर्मचारीहरुले पालना गर्नुपर्ने तथा जनताप्रति जवाफदेही बन्नुपर्ने र कार्यसम्पादनका क्रममा अपनाउनु पर्ने सचेतनाका बिषयमा कार्यक्रमबाट धेरै सिक्ने अवसर प्राप्त भएको बताउँदै यसलाई पालिकाले काम गर्ने दौरानामा पालना गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरी सामाजिक परिक्षक ऋषिराम अर्यालले समग्रमा कञ्चन गाउँपालिकाको भौतिक तथा आर्थिक सामाजिक विकासमा उल्लेख्य सुधारका प्रयासहरु भएको पाइएको बताउँदै सामाजिक परिक्षण गर्दापनि ती कुराहरु झल्किएको बताउनु भयो । उहाँले जनताको सेवा, पालिकाका गतिविधिहरु हेर्दा राम्रो देखिएको बताउँदै अझैपनि सेवा प्रवाहलाई वडा तहसम्मै प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

एक दिने कार्यक्रममा कञ्चन गाउँपालिकाका शाखा प्रमुख, वडा सचिव लगायत कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय