LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले आईतवार सपथ लिनुभएको छ । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले बुटवलमा शपथ ग्रहण गराउनु भएको हो ।
कृष्णा केसीलाई सहरी विकास मन्त्रालय र सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी हुनुभएको थियो ।
लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ ।
लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय भने मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आफैले राख्नुभएको छ ।
अस्ति शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो ।
लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गएको वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको थिएन ।
दुई मन्त्री थपिएपनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय