LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ३ मा रहेको सुनगाभा पब्लिक इङलिश बोर्डिङ स्कुलको २७ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बार्षिकोत्सवकै अवसरमा सुनगाभा बोर्डिङ स्कुलले जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको थियो ।

प्रतियोगितामा जिल्लाका ४२ विद्यालयको सहभागीता रहेको थियो । बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना मन्तब्य दिनु हुँदै रुपन्देही जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख माधव बञ्जाडेले विद्यार्थी जीवन भनेको अत्यन्तै सुन्दर जीवन भएको उल्लेख गर्दै यो समयमा आफूलाई अध्ययनशील बनाउने,अनुशासीत बनाउने, सक्रिय बनाउने र आफ्ना अभिभावक र शिक्षकहरुको आज्ञा पालना गरेर नमूना बन्न आग्रह गर्नुभयो ।

अध्ययनको महत्वपूर्ण अवसरमा अनुशासित र पढाईमा दत्तचित्त भएर लागेमा भोली नेपालकै दक्ष जनशक्तिको रुपमा डाक्टर इञ्जिनियर लगायत ठूलो ओहदामा पुग्न बाटो खुल्ने बताउनु भयो ।

कार्यक्रममा सुनगाभा पब्लिक बोर्डिङ इङलिशका प्रिन्सिपल तिलब केसीले स्कुलले आयोजना गरेको हाजिरी प्रतियोगिताको सुरुवाती चरणमा असफल भएपनि त्यसलाई पराजयको रुपमा नलिन आग्रह गर्दै खेलमा गएपछि जीत हारलाई स्वाभाविक रुपमा लिन विद्यार्थी र स्कुलका शिक्षकहरुसंग आग्रह गर्नुभयो ।

स्कुलले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बुटवलको एभरेष्ट बोर्डिङ स्कुल प्रथम, दोश्रोमा देवदह बुद्ध पब्लिक स्कुल देवदह र ग्रिनप्लाण्ट बार्डिङ सेकेण्डरी स्कुल बुटवल तेश्रो हुन सफल भएका छन । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन।
स्कुलका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहप्राचार्य कमल पोडेलले गर्नुभएको थियो । बार्षिकोत्सव कार्यक्रममा बुटवल ग्लोरी बोर्डिङ स्कुलका प्रिन्सिपल शंकर गौतम, सुनगाभाकी छात्रा देबयानी गौतमले शुभकामना मन्तब्य दिनुभएको थियो ।
त्यसैगरी स्कुलका संचालक शिवलाल गौतमले स्वागत तथा अतिरिक्त कृयाकलाप संयोजक मनिस गौतमले धन्यबाद ज्ञापन गर्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगिताको संचालन डा. आविष्कार पराजुली र उहाँको टिमले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय