LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा पर्राेहाको आयोजना र प्रभात ईङ्गलिश बोर्डिङ्ग स्कुलको आतिथ्यतामा विहिवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसाथ गर्दै रेडक्रसले मानविय गतिविधि गरिरहेको बताउँदै रक्तदान एउटा महानदान भएकोले ३ महिनामा नष्ट हुने रगत अरुव्यक्तिलाई दान गर्नु अत्यन्तै ठूलो पुण्यको काम भएको बताउनु भयो ।
उक्त कार्यक्रममा ७५ युनिट रगत संकलन गरिएको थियो ।

उक्त कार्यक्रमको पूर्व सन्ध्यामा पुस ११ गते बुधबार प्रभात स्कुलमा रक्त समूह परिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो भने उक्त क्रममा १७२ जनाको रक्तसमुह परिक्षण पनि गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी सैनामैनाका सभापति सभापति दिनेश पौडेलको अध्यक्षता तथा सैनामैना नगरका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्मा, रेडक्रस सैनामैनाका निवर्तमान सभापति लोकनाथ अधिकारी, रेडक्रस सैनामैनाका सल्लाहकार जगन्नाथ गौतमको समेत सकृयता सहभागिता रहेको थियो ।

 

रक्तदान कार्यक्रमकी संयोजक तथा उपशाखा उपसभापति मिना भण्डारीको स्वागत तथा उपशाखाका सहसचिव रामचन्द्र ढकालको सञ्चालनमा रक्तदान कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय