नेपाल रेडक्रस सोसाईटी सैनामैना उपशाखा पर्राेहाको आयोजना र प्रभात ईङ्गलिश बोर्डिङ्ग स्कुलको आतिथ्यतामा विहिवार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसाथ गर्दै रेडक्रसले मानविय गतिविधि गरिरहेको बताउँदै रक्तदान एउटा महानदान भएकोले ३ महिनामा नष्ट हुने रगत अरुव्यक्तिलाई दान गर्नु अत्यन्तै ठूलो पुण्यको काम भएको बताउनु भयो ।
उक्त कार्यक्रममा ७५ युनिट रगत संकलन गरिएको थियो ।



उक्त कार्यक्रमको पूर्व सन्ध्यामा पुस ११ गते बुधबार प्रभात स्कुलमा रक्त समूह परिक्षण कार्यक्रम समेत सम्पन्न भएको थियो भने उक्त क्रममा १७२ जनाको रक्तसमुह परिक्षण पनि गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी सैनामैनाका सभापति सभापति दिनेश पौडेलको अध्यक्षता तथा सैनामैना नगरका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्मा, रेडक्रस सैनामैनाका निवर्तमान सभापति लोकनाथ अधिकारी, रेडक्रस सैनामैनाका सल्लाहकार जगन्नाथ गौतमको समेत सकृयता सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमकी संयोजक तथा उपशाखा उपसभापति मिना भण्डारीको स्वागत तथा उपशाखाका सहसचिव रामचन्द्र ढकालको सञ्चालनमा रक्तदान कार्यक्रम भएको थियो ।




