LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको बुटवल १५ सेमलारमा रहेको नवरत्न माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत दिलिप थापा क्षेत्रीले भारतको हैदराबादमा हालै सम्पन्न १० औं विश्व भारत्तोलन खेलमा विश्व रेकर्ड कायम गरेका छन ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापन समूह कक्षा १२ मा अध्ययनरत दिलिपले २०५ केजी तौल उठाएर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन। उनले १६ देशका प्रतिष्पर्धीलाई पछि पार्दै ६० केजी तौल समूहमा उत्कृष्टता प्राप्त गरेका हुन । उनलाई बाजागाजा सहित बुटवल नगर परिक्रमा गराइएको थियो ।
विद्यालयका प्राचार्य हेमराज आचार्यले हाम्रो विद्यालयमा अध्ययनरत दिलिपले विश्वरेकर्ड कायम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि खेल क्षेत्रमा थप प्रगतिको कामना सहित बधाई दिनुभयो ।

त्यसैगरी विश्व रेकर्ड कायम गरेका दिलिपले विद्यालयमा पढ्दै गर्दा कतिपय बेला असफल भएपनि अहिले सफलता प्राप्त भएकोमा निकै खुसी भएको प्रतिकृया दिदै आगामी दिनमा पनि खेल क्षेत्रमा समर्पित हुने बताए । उनले विद्यालयले सम्मान गरेकोमा खुसी लागेको बताउँदै खेल क्षेत्रकै माध्यमबाट देशको नाम राख्ने प्रतिवद्धता जनाए ।

विद्यालयले उनलाई बुटवल नगरपरिक्रमा गराएको थियो । त्यसैगरि लुम्बिनी खेलकुद परिषदले पनि उनलाई विहिवार सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भ्वाईस प्रिन्सिपल पुष्कर भट्टराईले गर्नुभएको थियो । दिलिप थापा क्षेत्री बुटवल १२ ढवाहा निवासी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय