LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको बुटवल १५ सेमलारमा रहेको नवरत्न माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत दिलिप थापा क्षेत्रीले भारतको हैदराबादमा हालै सम्पन्न १० औं विश्व भारत्तोलन खेलमा विश्व रेकर्ड कायम गरेका छन ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यवस्थापन समूह कक्षा १२ मा अध्ययनरत दिलिपले २०५ केजी तौल उठाएर विश्व रेकर्ड कायम गर्न सफल भएका हुन। उनले १६ देशका प्रतिष्पर्धीलाई पछि पार्दै ६० केजी तौल समूहमा उत्कृष्टता प्राप्त गरेका हुन । उनलाई बाजागाजा सहित बुटवल नगर परिक्रमा गराइएको थियो ।
विद्यालयका प्राचार्य हेमराज आचार्यले हाम्रो विद्यालयमा अध्ययनरत दिलिपले विश्वरेकर्ड कायम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि खेल क्षेत्रमा थप प्रगतिको कामना सहित बधाई दिनुभयो ।

त्यसैगरी विश्व रेकर्ड कायम गरेका दिलिपले विद्यालयमा पढ्दै गर्दा कतिपय बेला असफल भएपनि अहिले सफलता प्राप्त भएकोमा निकै खुसी भएको प्रतिकृया दिदै आगामी दिनमा पनि खेल क्षेत्रमा समर्पित हुने बताए । उनले विद्यालयले सम्मान गरेकोमा खुसी लागेको बताउँदै खेल क्षेत्रकै माध्यमबाट देशको नाम राख्ने प्रतिवद्धता जनाए ।

विद्यालयले उनलाई बुटवल नगरपरिक्रमा गराएको थियो । त्यसैगरि लुम्बिनी खेलकुद परिषदले पनि उनलाई विहिवार सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भ्वाईस प्रिन्सिपल पुष्कर भट्टराईले गर्नुभएको थियो । दिलिप थापा क्षेत्री बुटवल १२ ढवाहा निवासी हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय