LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

केशब पन्थी / नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गर्न लागेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० अन्तर्गत जिल्ला स्थित पत्रकारलाई आज ज्याकेट वितरण गरेको छ । ज्याकेट वितरण पश्चात् पत्रकारहरुले पर्यटन प्रबर्द्धन सन्देशका लागि बाईक र्यालि गरि बजार परिक्रमा गरेका थिए ।
सोमबारदेखि जिल्लाका ६१ वटै वडामा पर्यटन प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सुरु हुनेछ । पौष १४ गतेदेखि वडागत रिर्पोटिङ्गको कार्यक्रम सुरु भएको छ । आसन्न माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट समुद्घाटन हुने कार्यक्रमलाई सफल पार्न जिल्लाका ६१ वटै वडामा स्थलगत रिर्पोटिङ्ग हुने गरिनेभएको हो ।
शुक्रबार सन्धिखर्कमा सम्पन्न पत्रकार महासंघ अर्घाखाँची र क्रियाशिल पत्रकारविचको बिस्तारित बैठकले प्रति वडा २ जना पत्रकार पुगेर त्यहाँका महत्वपूर्ण पर्यटकिय क्षेत्रको तथ्याकं संकलन गर्ने गरि जिम्मेवारि बाँडेको कार्यक्रम मुल आयोजक समितिका संयोजक अशोक खनालले जानकारी दिनुभएको छ । पौष १४ गतेदेखि पौष १८ गतेसम्म वडाभित्रको रिर्पोटिङ्ग सम्पन्न गरि प्रतिवेदन बुझाइसक्नुपर्ने पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसालको भनाई छ ।
आर्थिक समृद्धिका निम्ती महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमलाई सफल पार्न शुक्रबार बसेको बिस्तृत बैठकले बिभिन्न जिम्मेवारि समेत बाँडफाँड गरेको छ । पत्रकार महासंघका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक खनालका अनुसार बैठकले अभियानको प्रवक्तामा पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसाललाई तोकेको छ ।
बैठकले अशोक खनाल संयोजक, पत्रकार महासंघका पूर्व अध्यक्ष द्धोय शोभाखर पन्थी,हिम लेकाली,पूर्व सचिव सुर्य प्रसाद भुसाल, सह–सचिव हृदय भुसाल, कार्यसमिति सदस्य गोपाल प्रसाद भट्टराई र बिष्णु खनाल सदस्य रहेको ७ सदस्यिय सचिवालय गठन गरेको छ । यस्तै हृदय कुमार भुसाल संयोजक, जितेन्द्र खत्री, बिष्णु खनाल, लक्ष्मण घिमिरे, बाबुराम रसाइली, नविन रसाइली र महेश भुसाल सदस्य रहेको ९ सदस्यिय कार्यालय व्यवस्थापन उप–समिति गठन गरि जिम्मेवारी तोकिएको छ ।
बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक, प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभासदस्य द्धोय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निदेशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको अर्घाखाँची बाट सहकर्मि पत्रकार केशब पन्थी ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय