२०८० पुस १४
थोरै सहयोग पायो भने स्थानियले ठुलो काम गर्न सक्छन् भन्ने उदाहरण बनेको छ सैनामैना नगरपालिका वडान.. ३ को टोलबिकास संस्था, नगरको १ लाख सहयोग पाएको टोलबिकास संस्थाले भैलो खेलेर जम्मा गरेको रकम र अन्य आर्थिक सहयोग उठाएर ४ लाख बढिको सडकबोल बत्तीजडान कार्य सम्पन्न गरेका छन् ।

रातको समयमा अन्धकार हुने सुनगाभा टाेलमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको सुनगाभा टोल विकास सस्थाका अध्यक्ष लक्ष्मण खनालले बताउनुभयो । रमाइलोका लागि खेलिएको भैलीको रकमबाट र नगरपालिकाले सडक बत्तीका लागि विनियोजित गरेको १ लाख ३ हजार र अरु स्थानीयको आर्थिक सहयोगबाट टाेलभरि ९६ पोलमा बत्ती जडान गरिएको हो ।बत्ती जडानमा ४ लाख २४ हजारभन्दा बढी खर्च भएको संस्थाका अध्यक्ष खनालले जानकारी गराउनुभयो । टाेेलि विकास सस्थाले नियमित सरसफाइका साथै सामाजिक कार्य गर्दै आएको छ ।




