LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पर्वतको बिहादी गाउँपालिकामा एक दिने निस्शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङ को आयोजना र हिमालय आँखा अस्पताल पोखराका आखा चिकित्सक सुवास नेपाल र सन्तोस वरालसग को सहकार्य को प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।

विहादी गाउपालिकाका अध्यक्ष प्रविन गुरुङ वैदेशिक भ्रमणको क्रममा रहदै गर्दा यस कार्यक्रममा उपस्थित हुन नसकोले क्षमा याचना गर्दै यश शिविर लाई समपन्न गराउन सहयोग गर्नुहुने कार्यपालिका टिम ,स्वास्थ्य शाखा का जनप्रतिनिधि लगायत सम्पूर्ण टिमलाई कृतज्ञाता सहित नमन व्यक्त गर्नुभएको थियो ।

 

 

उक्त शिविरमा ३७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा लिएका थिए जसमध्ये महिला २०८ र पुरुष १६९ जना रहेका थिए । २२० जना दृष्टि कमजोर भएका बिमारीलाई निःशुल्क चश्मा ,औषधि दिएको थियो । पालिका उपाध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिहादी गाउँपालिकाका ६ वटा वडाका वडा अध्यक्ष ,सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य

बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रम वहाकीठांटी स्वास्थ्य चौकीमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय