पर्वतको बिहादी गाउँपालिकामा एक दिने निस्शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङ को आयोजना र हिमालय आँखा अस्पताल पोखराका आखा चिकित्सक सुवास नेपाल र सन्तोस वरालसग को सहकार्य को प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।
विहादी गाउपालिकाका अध्यक्ष प्रविन गुरुङ वैदेशिक भ्रमणको क्रममा रहदै गर्दा यस कार्यक्रममा उपस्थित हुन नसकोले क्षमा याचना गर्दै यश शिविर लाई समपन्न गराउन सहयोग गर्नुहुने कार्यपालिका टिम ,स्वास्थ्य शाखा का जनप्रतिनिधि लगायत सम्पूर्ण टिमलाई कृतज्ञाता सहित नमन व्यक्त गर्नुभएको थियो ।




उक्त शिविरमा ३७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा लिएका थिए जसमध्ये महिला २०८ र पुरुष १६९ जना रहेका थिए । २२० जना दृष्टि कमजोर भएका बिमारीलाई निःशुल्क चश्मा ,औषधि दिएको थियो । पालिका उपाध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिहादी गाउँपालिकाका ६ वटा वडाका वडा अध्यक्ष ,सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य
बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रम वहाकीठांटी स्वास्थ्य चौकीमा भएको थियो ।





