कोरिया जाने तयारीमा रहेका २३ वर्षका दुई युवा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको सपना बालकुमारीमा अवसान भयो । शुक्रवार प्रहरीले घातक बल प्रयोग गर्दा दुई घर थाम्ने दुई थाम क्षणभरमै सडकमा ढले । परिवारको आशाको त्यान्द्रो चुँडियो । छिमेकी र आफन्तको आडभरोसा मेटियो । देशले होनाहार जनशक्ति गुमायो ।
उनिहरुको सम्झनामा आइतबार सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरमा रहेको मुगुङ्हवा कोरियन ईन्स्टिच्युटले दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
मध्यान्न १२ बजे गरिएको कार्यक्रमा ईन्स्टिच्युटमा अध्यन गर्ने सम्पुर्ण बिद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा मुगुङ्हवा कोरियन ईन्स्टिच्युटका संचालक दिनेस ज्ञवाली तथा सरिता आचार्य ज्ञावालीको संयोजकमा कार्यक्रम गरिएको थियो ।




सो अबसरमा बोल्दै मुगुङ्हवा कोरियन ईन्स्टिच्युट संचालक दिनेश ज्ञवाली ले मृत्यु भएका २ जना लाई जनही दश दश हजारका दरले सहयोग गर्ने घोँषणा गर्नु भयो ।उहाले आज जसरी होनाहार दुई युवाले ज्यान गुमाउन परेको छ भोलि त्यै अबस्था यस ईन्स्टिच्युका बिद्यार्थीहरु मा नि आउन सक्ने भन्दै सजक रहन आग्रह गर्नु भयो !
कार्यक्रममा मृत्यु भएका बिद्यार्थीहरुलाई ईन्स्टिच्युमा अध्यनरत बिद्यार्थीहरुले सक्दो सहयोग गरेका थिए । कार्यक्रमकोसंचालन बिजय सुनुवारले गर्नु भएको थियो ।




