LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ४ वडा कार्यालयले बार्षिक कार्यक्रम अन्तरगत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई एक लाख मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले सैनामैना नगरपालिकाको स्वीकृत बजेट अन्तरगत अति विपन्न परिबारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै यसबाट विद्यार्थी र उनीहरुको परिबारमा खुसी आउने बताउनु भयो । उहाँले आगामी बर्षहरुमा पनि शैक्षिक कार्यक्रमलाई वडाले निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा पर्रोहा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद भट्टराई, पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खरेल, सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवाली, बृहस्पती सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, पर्रोहा सामुदायिक वनका अध्यक्ष गोपाल आचार्य र वडा सदस्य निर्मला बगाले मगरले शुभकामना दिनुभएको थियो ।

सैनामैना नगरपालिका वडा नं. ४ वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा वडा सचिव हेमराज चौधरीले संचालन गर्नुभएको कार्यक्रममा सैनामैना ४ का वडा सदस्य तेजनारायण सुवेदीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पर्रोहा माध्यमिक विद्यालय र पर्रोहा बहुमुखी क्याम्पसका गरि ३० जना विद्यार्थीलाई एक झोला, एक दर्जन कापी र एक प्याकेट कलम प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय