LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका वडा नं. ४ वडा कार्यालयले बार्षिक कार्यक्रम अन्तरगत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई एक लाख मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेको छ ।

विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले सैनामैना नगरपालिकाको स्वीकृत बजेट अन्तरगत अति विपन्न परिबारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै यसबाट विद्यार्थी र उनीहरुको परिबारमा खुसी आउने बताउनु भयो । उहाँले आगामी बर्षहरुमा पनि शैक्षिक कार्यक्रमलाई वडाले निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा पर्रोहा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद भट्टराई, पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र खरेल, सैनामैना जेसिजका अध्यक्ष शिशिर ज्ञवाली, बृहस्पती सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, पर्रोहा सामुदायिक वनका अध्यक्ष गोपाल आचार्य र वडा सदस्य निर्मला बगाले मगरले शुभकामना दिनुभएको थियो ।

सैनामैना नगरपालिका वडा नं. ४ वडा अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा वडा सचिव हेमराज चौधरीले संचालन गर्नुभएको कार्यक्रममा सैनामैना ४ का वडा सदस्य तेजनारायण सुवेदीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पर्रोहा माध्यमिक विद्यालय र पर्रोहा बहुमुखी क्याम्पसका गरि ३० जना विद्यार्थीलाई एक झोला, एक दर्जन कापी र एक प्याकेट कलम प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय