LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ ।
कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ ।

भारतीय प्रधानमन्त्रीको दुई बर्षअघि लुम्बिनी भ्रमणपछि अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । सन् २०२३ मा दुई लाख ६६ हजार ५१० भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

सबैभन्दा बढी डिसेम्बर महिनामा ४० हजार आठ सय ४२ र नोभेम्बर महिनामा २८ हजार आठ सय २७ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ । यसअघि सन् २०२२ मा दुई लाख ३० हजार आठ सय ६३ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

यस अनुसार सबैभन्दा बढी डिसेम्बर महिनामा ४२ हजार एक सय १५ र नोभेम्बर महिनामा ३८ हजार छ सय ८९ जनाले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषको तथ्याङ्क छ ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२२ मा जम्मा २३ हजार नौ सय ४२ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो संख्या सन् २०२३ मा आइपुग्दा झण्डै तेब्बर बढी तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय