LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना नगरपालिका ४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं। ४ को आयोजना तथा मुर्गिया बजार टोल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका क्षेत्रमा विभिन्न प्रकारका विरुवा, फूलका गमला र ट्रि बार ९जाली० राखीएको हो ।

मुर्गिया बजार टोल विकास संस्थाका अध्यक्ष देवीदत्त सुवेदीले मुर्गिया सिसौडाँडा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तरगत विभिन्न प्रकारका ८४ वटा विरुवा, ५७ वटा गमला र २० वटा ट्रि बार ९जाली० सडकका दुवैतर्फ लगाइएको छ ।

उहाँका अनुसार गतवर्ष पनि कपुर र फुलका विरुवा रोपण तथा रोड मार्किङ सहितको हरियाली प्रबर्द्धन कार्यक्रम गरिएको बताउनुभयो ।
वडालाई हरियालीमय बनाउने उद्देश्यले वडाका टोल र क्षेत्रमा धुपी, समी, कपुर तथा गमला सहित फूलको बिरुवा रोपेको सैनामैना (४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो ।

सो अवसरमा सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले विरुवा रोपण कार्यक्रमले वातावरण स्व्च्छ र सुन्दर बनाउने बताउनुभयो । प्रमुख शर्माले जन्मदिन तथा पुण्य तिथिमा हामीले एउटा विरुवा रोप्ने अभियानमा लाग्यौं भने प्राकृतिको संरक्षण साथै सुन्दरता पनि कायम गर्न सकिने बताउनुभयो ।

वडा र टोलको सक्रियतामा चलाइएको अभियानमा सबै जनसमुदायको सहभागीताको आवश्यकता औंल्याउदै यस्ता अभियानले समग्र सैनामैना नगर नै हरियाली र समृद्ध बन्ने जिकिर गर्नुभयो ।
उहाँले विभिन्न संघसस्थाले दिवस पारेर वृक्षरोपण गरिएको हुन्छ, तर संरक्षण हुना नसक्दा धेरै बिरुवा हुर्कनै पाउँदैनन् । बोटबिरुवा रोपेर मात्रै हुँदैन यसको संरक्षणप्रति हामी आफै उत्तरदायी छौँ भन्ने भावनाको विकास हुन जरुरी बताउनुभयो ।
प्रत्येक घर अगाडि राखीएको विरुवा सहितको गमलालाई स्वयम् घरनजिकैको घरपरिवारले मलजल हेरदेख गरेर विरुवा संरक्षण गर्नुपर्ने मेयर शर्माले जोड दिनुभयो ।
वडा र टोल विकासले चलाएको वृक्षरोपण अभियान सराहनीय रहेकोमा प्रशांस गर्दै विरुवा लगाएर मात्रै हुदैन त्यसको संरक्षणमा पनि सबै नागरिक लाग्नुपर्ने उपप्रमुख विना रानाले बताउनुभयो ।
उहाँले हरीयालीयुक्त नगर निमार्णमा बिषेश योजना सहित नगरपालिका अगाडी बढेको समेत बताउनुभयो ।

मुर्गिया बजार टोल विकास संस्थाका अध्यक्ष देवीदत्त सुवेदीको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता नगर उपप्रमुख विना राना तथा सैनामैना (४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको विशिस्ट आतिथ्यता, वडा सदस्यद्वय तेजप्रसाद सुवेदि र निशा परियार, सैनामैना नगरपालिका योजना शाखा प्रमुख सुरज न्यौपाने, मुर्गिया खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष प्रेम बहादुर बानियाको आतिथ्यता तथा टोल विकास सस्थाका पदाधिकारी र जनसहभागिताको सक्रियतामा विरुवा लगाइएको हो ।
सैनामैना वडा नम्बर ४ को विनियोजित बजेटमध्ये २ लाख र टोल विकासको २५ हजार रुपैयाको लागतमा विरुवा लगाइएको हो ।
कार्यक्रमको सञ्चालन टोलविकासका सचिव हरि शर्माले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय