LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

तराईको बिभिन्न स्थानहरुमा थारु समुदायहरुको महान पर्व माघीलाई बिभिन्न मेला तथा महोत्सवको रुपमा मनाइदै छ । रुपन्देहीको कञ्चनमा पनि थारु कल्याणकारी सभा (थाकस)को आयोजनामा वडा नं. ५ को भैसाहीमा सातौं माघी मेलाको रुपमा विबिध साँस्कृतिक कार्यक्रम सहित तिन दिने मेला मनाएको छ।मेलाको पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम, आधारभुत बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम संचालन गरेको छ। यस्तै मेलाको दोश्रो दिन महिलाहरुको लागि बेलवा (ढकिया) दौड प्रतियोगिता, पुरुषहरुका लागि थारु पहिरन प्रतियोगिता, रेकर्ड डान्स, झुमरा नाँच, झर्रा नाँच प्रतियोगिता सहित राष्ट्रिय कलाकार सरगम थारुको बिशेष सांगेतिक प्रस्तुती रहेको थियो।

थारु समुदायको महान पर्व माघीको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बहुजातिय, बहुभाषिक, बहुसांस्कृति र बहुधार्मिक समुदायले सजिएको साझा फुलवारीको रुपमा रहेको नेपाल बिश्वकै नमुना देशको रुपमा रहेको बताउनु भयो। आफ्नो भाषा, कला संस्कृति र भेषभुषाको संरक्षण र सम्बद्र्धनले मात्र त्यो समुदायको अस्तित्व समेत कालान्तरसम्म रहने अध्यक्ष ढकालले बताउनु भयो। कुनै भाषा, संस्कृति र कलाको संरक्षण पनि त्यो समुदायको सचेत र शिक्षित ब्यक्तिले अभिलेखको रुपमा तयार गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा जोड दिदै हरेकले आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्नु पर्ने र स्थानीय तहले आफ्नो स्थानीय तहमा भएका बिभिन्नि जाती र समुदायको पहिचान झल्काउने उद्धेश्यले त्यो समुदायमा प्रचलनमा रहेका बिभिन्न कला र संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न थारु र मगर समुदायको संग्राहलय निर्माण गर्न नियमित बजेट ब्यबस्थापन गर्दै आइरहेको अध्यक्ष ढकालले बताउनु भयो।


यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले आफ्नो भाषा, कला, संस्कृति र साहित्यको जगेर्नाका लागि हामी आफै नै लाग्नु पर्ने र नयाँ पुस्तालाई उत्साहित गर्नु पर्नेमा जोड दिनु भयो। कुनै पनि चिजको संरक्षण र सम्बर्द्धन नियमित प्रयोग र दैनिक ब्यबहारमा नतारेसम्म सम्भव नहुने बताउदै उपाध्यक्ष थापा मगरले पर्व र मेलामा मात्र नभई दैनिक जिवनमा समेत प्रयोगमा ल्याएमात्र हाम्रो पहिचान नयाँ पुस्तामा समेत हस्तान्तरण हुदै जाने बताउनु भयो।

यस्तै आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष तथा कञ्चन गाउापालिकाका प्रवक्ता चित्र तुलाचनले हामी हाम्रो संस्कृति प्रति गर्व गर्छौं त्यसैले हाम्रो देशमा सबै धर्म, संस्कृति र परम्पराहरुको बिचमा ढकमक्क फुलिरहेको उल्लेख गर्नु भयो। जहाँ राम्रो फुल फुलेको छ त्यसैलाई टिप्नु मानविय प्रवृति रहेको जति टिपिए पनि त्यो फुलले आफ्नो बिउ सुरक्षित गर्दै फेरी अर्को नयाँ फुलको रुपमा उम्रिदै जाने उल्लेख गर्दै हामी पनि सोही फुल सरह भएर आफ्नो कला, संस्कृति, भेषभुषा, भाषा र परम्परालाई अझ सुसंस्कृत र ब्यबस्थित रुपमा नया पुस्तामा हस्तान्तरण गर्नु अनिवार्य रहेको बताउनु भयो।

कार्यक्रममा नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा एमालेका दिनानाथ आचार्य, नेकपा माओवादी केन्द्रका हस्त बहादुर साँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमचन्द्र पोख्रेल, कञ्चन ४ का वडा अध्यक्ष केशर बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय