LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना वडा नं. ८ बासगढीमा ३०२ औं पृथ्वी जयन्ती तथा युवा भेला सम्पन्न भएको छ । युवाको लागि स्वदेशमै रोजगारी अभियान भन्ने लक्ष्यलाई अंगिकार गदै अगाडी बढेको बासँगढी युवाक्लबको आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै युवा अभियान्ता प्रज्जवल बोहोराले नेपाललाई एकिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने पृथ्वीनारायण शाहलाई बिर्सिदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै बोहोराले अहिलेका नेताहरुको अर्कमताले गर्दा नेपाली युवाहरुलाई बिदेशमा गई आफ्नो श्रम बेच्न बाध्य बनाएको बताए । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष शिबु भण्डारीले स्थानिय सरकार सँग जति हार गुहार गरे पनि युवाहरुको गुनासो सम्बोधन गर्न नचाहेको आरोप लागएका थिए ।


बासगढी युवा क्लवका अध्यक्ष शिवु भण्डारीको अध्यक्षता युवा अभियान्ता प्रज्जवल बोहोराको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सागर लम्साल लगायतले पृथ्वीनारायण शाहको ईतिहासलाई कसैले भुल्न नहुने बाताएका थिए । कार्यक्रम बिजय सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।


यसै गरि सैनामैनाको सालझण्डी र मुर्गियाका बिभिन्न स्थानमा पुथ्वीनारायण शाहको तश्वीरमा माल्यापर्ण गरि पुुथ्वी जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय