LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना वडा नं. ८ बासगढीमा ३०२ औं पृथ्वी जयन्ती तथा युवा भेला सम्पन्न भएको छ । युवाको लागि स्वदेशमै रोजगारी अभियान भन्ने लक्ष्यलाई अंगिकार गदै अगाडी बढेको बासँगढी युवाक्लबको आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै युवा अभियान्ता प्रज्जवल बोहोराले नेपाललाई एकिकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने पृथ्वीनारायण शाहलाई बिर्सिदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै बोहोराले अहिलेका नेताहरुको अर्कमताले गर्दा नेपाली युवाहरुलाई बिदेशमा गई आफ्नो श्रम बेच्न बाध्य बनाएको बताए । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष शिबु भण्डारीले स्थानिय सरकार सँग जति हार गुहार गरे पनि युवाहरुको गुनासो सम्बोधन गर्न नचाहेको आरोप लागएका थिए ।


बासगढी युवा क्लवका अध्यक्ष शिवु भण्डारीको अध्यक्षता युवा अभियान्ता प्रज्जवल बोहोराको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सागर लम्साल लगायतले पृथ्वीनारायण शाहको ईतिहासलाई कसैले भुल्न नहुने बाताएका थिए । कार्यक्रम बिजय सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।


यसै गरि सैनामैनाको सालझण्डी र मुर्गियाका बिभिन्न स्थानमा पुथ्वीनारायण शाहको तश्वीरमा माल्यापर्ण गरि पुुथ्वी जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय