LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पस सभा २०८० सम्पन्न गरेको छ । बुटवलदेखि पश्चिम शैक्षिक हवको रुपमा विकसित हुदै गएको क्याम्पसले सनिबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका रुपन्देही निर्वाचन क्षेत्र न ५,का सासद बाशुदेव घिमिरेले क्याम्पसका सकारात्मक काममा आफनो पुर्ण सहयोग रहने बताउनु भयो । नेपालमा योजनाबद्ध तरिकाले बिकास कार्य अगाडी बढाउन नसक्दा समस्याहरु देखिएको बताउनुभयो। शिक्षा क्षेत्रमा पनि कतै धेरै विद्यार्थी र कहि कम बिद्यार्थी सङ्ख्या हुनु यसैको उपज भएक बताउनुभयो ।

यस्तै सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्रबहादुर कार्कीले अब क्याम्पसले प्राविधिक विषयहरु पनि थप्दै जानुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्ने सबैजसो वक्ताले विद्यार्थी दर वढाउदै नेपालमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिय । कार्यक्रममा क्याम्पस प्रमुख हेम बहादुर थापाले क्याम्पसको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी र पुर्व क्याम्पस प्रमुख एवम् लामो समय योगदान दिनुभएका प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीका नृत्य, गीत र कविताले कार्यक्रममा थप आकर्षक थपेको थियो।
कार्यक्रम क्याम्पस सञ्चालन समिति अध्यक्ष बालकृष्ण गैरेको अध्यक्षता ,रुपन्देही निर्वाचन क्षेत्र न ५,का सासद बाशुदेव घिमिरेको प्रमुख आतिथ्यता र सञ्चालन समिति सदस्य कृष्ण पोखरेलको स्वागत एवम् सह प्राध्यापक प्रकाशमणि खनालको संचालनमा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय