रुपन्देहीको सैनामैना ४ मा रहेको लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको आईतबार एक कार्यक्रमका विच रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख चपाईंले किसानले उत्पादन गरेको पशु चौपायबाट संकलन गरिएको प्रांगारिक पदार्थबाट मल उत्पादन गरी विक्रि वितरणको लागि सुरुवात गरिएको मल उद्योले सफलता पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । उहाँले सबैको साझा अभियानबाट यो उद्योगले सफलता पाउने बताउनुभयो ।
सैनामैना नरपालिका प्रमुख फाण्ीन्द्र प्रसाद शर्माले नगरपालिकाबासीहरुले प्रांगारिक मल प्रयोग गर्दा सैनामैनामानै उत्पादित मल प्रयोगमा जोड दिनुपर्ने भन्दै नगरपालिकाबाट मल उद्योगको प्रर्वद्धन, विकास, वृद्धिका लागि सहयोग मिल्ने बताउनु भयो । उहाँले किसान लाई सहकारी मार्फ उद्यमशितामा जोड्ने काम आफैमा नमुनायोग्य काम भएको भन्दै यसमा आफुले सक्दो सहयोग गर्ने भनाई छ । मल उद्योग उद्घाटन कार्यक्रममा राष्ट्रिय उद्योग संघ भारतका अध्यक्ष सुनिल माण्डव्यले नेपालमा उद्योगको संभावना प्रचुर रहेको भन्दै जंगलमा खेर गैरहेका बनस्पतीहरुलाई समेत मलको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।


