LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

भर्गो बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साभारण सभा सम्पन्न भएको छ ।
स्वदेशमा उत्पादन भएको बस्तुलाई अन्तराष्ट्र्रीय स्तरमा बजारिकरण गर्ने उद्येश्यका साथ स्थापना भएको सहकारीले स्थापना भएको छोटो समयमै उल्लेख्य सदस्यता बनाई बचत संकलन गर्न सफल भएको छ ।


संस्थामा जम्मा भएको रकमको साठी प्रतिशत रकम स्थानिय स्तरमा उत्पादित बस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्न लगानी गर्ने र बाकी रकम मात्र सदस्यमा लगानी गर्ने उद्येश्य रहेको संस्थाका रिसर्च प्रमुख कृष्ण शर्माले बताउनुभयो ।

सैनामैनामा अबस्थित गुणखर होटलमा आयोजित साधारण सभाको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले सहकारीहरुले बचतकर्ताको बचत हिनाबिना गरेको घटनाहरुबाहिर आईरहेको अबस्थामा फरक उद्येश्यका साथ स्थापना भएको भर्गो सहकारीसंग नगरपालिका सहकार्य गरि अघि बढ्ने बताउनुभयो ।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष सिता अर्यालको अध्यक्षता सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख अनतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरोज पन्तले आर्थिक प्रतिबेदन र संस्थाका सचिबले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय