LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्राेहा रुपन्देहीको २१ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन एबं स्मारिक विमोचन समारोह मंगलवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्राेहा रुपन्देहीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले विपद व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सैनामैनामा हुन सक्ने बिपदबाट बच्न पूर्व तयारीमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले विपद आउनुभन्दा अगावै पूर्व तयारी गरियो भने त्यसले कम क्षति हुने भएकोले त्यसतर्फ रेडक्रस जस्ता संस्थाहरुले पूर्व तयारीका काममा जोड दिनुपर्ने बताउनु भयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना राना, नेपाल रेडक्रस सोसाईटीका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने, सैनामैना नगरपालिका वडा नंं ४ का अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना वडा नं. ३ का वडा अध्यक्ष तमबहादुर पुर्जा, वडा नं. ५ का वडाअध्यक्ष धनप्रसाद पौडेल, दिवाकर सुवेदी, रेडक्रस पर्रोहा उपशाखाका पूर्व सभापति लोकनाथ अधिकारी र डिल्लीराज जोशीले पनि बोल्नुभएको थियो ।

त्यसैगरी सल्लाहकार जगन्नाथ गौतम, भीमलाल भट्टराई, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडका, पर्रोहा सामुदायिक बनका अध्यक्ष गोपाल आचार्य र ग्लोबल आईएमई बैंक सैनामैनाका प्रवन्धक पदमराज पोखरेलले पनि सामाजिक सेवामा रेडक्रसको भूमिका सराहनीय रहेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्राेहाका सभापति दिनेश पौडेलको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव दिपक चालिसेले गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन थानेश्वर न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । यसैबीच अधिवेशनको मंगलवार भएको बन्द सत्रले रेडक्रस पर्रोहा उपशाखाको सभापतिमा मिना शर्मा भण्डारीलाई निर्बिरोध निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय