LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटिकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
अस्पतालको प्रस्तावमा संघले ओपिडी भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्कका लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि पहिले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।
नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा ईटा भएपनि थप्न सकियोस भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराउनु भयो ।

करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका (पार्क) करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय