कञ्चन जेसिजको पद हस्तान्तरण सोमबार सम्पन्न भएको छ। कञ्चन जेसिज बर्ष २०२४ का लागि नवनिवार्चित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले सम्बोधन गर्दै जसरी जेसिजमा आवद्ध युवाहरुले एक ब्यक्ति, एक पद, एक कार्यकाल र एक बर्ष भन्ने विधिको शासन पद्धतीमा आफ्नो नेतृत्व क्षमता प्रस्ततु गरेका छन त्यसरी नै हरेक राजनैतिक दलहरुले पनि आफूले नेतृत्व गर्न पाएको अवसरलाई सोही समयमा नेतृत्वदायी क्षमतालाई अब्बलता कायम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समृद्धि र सन्तुलित बिकासका लागि युवाहरुसंगको सहकार्य र समन्वय अनिवार्य रहेको बताउनु भयो।



लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य फकरुद्दिन खानले युवाशक्तीमा भएको सृजनशिलता र केही गर्छु भन्ने हुटहुटीलाई समाज रुपान्तरणको अभियानमा जोड्न आवस्यक रहेको बताउनु भयो ।
यसैगरी कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले देशको मेरुदण्ड भनेकै युवाहरु भएकोले युवाहरुलाई आफु पद र सत्तामा जाने भ¥याङ्ग नबनाई देश बिकासमा समेत युवाहरुको सहभागिता हुने योजना बनाउन आवस्यक रहेको बताउनु भयो।

कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२३ का अध्यक्ष बुद्धि प्रसाद रेग्मीले नव निर्वाचित अध्यक्ष धनपति ज्ञवालीलाई बर्ष २०२४ को नेतृत्व हस्तान्तरण गर्नु हुदै बर्ष २०२३ मा आफ्नो नेतृत्वमा रहेर नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा अत्याधिक मत प्राप्त गरी देशैभर कञ्चनलाई चिनाउने इतिहास रच्न सहयोग गर्ने बोर्ड पदाधिकारी, पूर्व अध्यक्ष, शाखा अध्यक्ष तथा सम्पुर्ण शुभेच्छुकहरुलाई धन्यवाद सहित मायाको चिनो समेत प्रदान गर्नु भएको थियो।
कञ्चन ४ मा भएको कार्यक्रमको पहिलो चरणको कार्यक्रमको अध्यक्षता बर्ष २०२३ का अध्यक्ष बुद्धी प्रसाद रेग्मीले गर्नु भएको थियो भने संचालन महासचिव नारायण शर्माले गर्नु भएको थियो।




