LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ मा रहेको रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको आठौं साधारण सभा हालै सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चन सवडिभिजन वन कार्यालयका सहायक बन अधिकृत चन्द्रवहादुर भाट, सामुदायीक बन उपभोक्ता समूहका केन्द्रिय सदस्य दिनानाथ आचार्य लगायतले बोल्दै सामुदायिक वनलाई संरक्षण गर्दै स्थानीय जनताको आयआर्जन र गरिवी निवारणको माध्यम वनाउँदै वन संरक्षणमा नमूना बनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, रुद्रपुर सामुदायिक वनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, पूर्व सल्लाहकारहरु, कञ्चनमा रहेका कार्यालयका प्रमुखहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, समाजसेवी लगायत स्थानीय समूहका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा भएको साधारण सभाको संचालन कार्यालय सचिव तुलसीप्रसाद अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय