LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ मा रहेको रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको आठौं साधारण सभा हालै सम्पन्न भएको छ ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चन सवडिभिजन वन कार्यालयका सहायक बन अधिकृत चन्द्रवहादुर भाट, सामुदायीक बन उपभोक्ता समूहका केन्द्रिय सदस्य दिनानाथ आचार्य लगायतले बोल्दै सामुदायिक वनलाई संरक्षण गर्दै स्थानीय जनताको आयआर्जन र गरिवी निवारणको माध्यम वनाउँदै वन संरक्षणमा नमूना बनाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, रुद्रपुर सामुदायिक वनका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, पूर्व सल्लाहकारहरु, कञ्चनमा रहेका कार्यालयका प्रमुखहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, समाजसेवी लगायत स्थानीय समूहका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा भएको साधारण सभाको संचालन कार्यालय सचिव तुलसीप्रसाद अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय