LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनीको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो ।


पत्रकारमा पछिल्लो डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउन तालिम आयोजना गरिएको युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले जानकारी गराउनु भयो ।

तालिमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पत्रकारले लेख्ने समाचार निश्पक्ष र स्वतन्त्र भएर लेख्नुपर्ने बताउनु भयो । निश्पक्ष भएर समाचार लेख्दा त्यसले सबैलाई न्यायन गर्ने बताउँदै अन्यायका विरुद्ध कलम चलाउने पत्रकारले कसैलाई अन्याय हुनेगरी समाचार लेख्न नहुने भनाई राख्नुभयो ।


त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र टुनाटेक्नोलोजिका सर्वजित मिश्रा, अमृता अनमोल,माया केसी लगायतले बोल्नु भएको थियो । तालिमा २५ जना सहभागि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय