LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैंकवीच पालिकाहरुको सहरी क्षेत्र सुधार प्रोजेक्ट अन्तर्गत सैनामैना नगरपालिका भित्र विकासका परियोजनाहरु लागू गर्न बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सैनामैना नगरपालिका र एसियाली विकास बैंकबीच बुधबार भएको सम्झौतापछि सैनामैना चक्रपथले पूर्णता पाउने भएको छ । चक्रपथ अन्तरगत बनाउन बाँकी सैनामैना वडा नं. १० र ११ को २१ किलोमिटर सडक र चक्रपथसंग जोडिने सहायक बाटो समेत निर्माण सम्पन्न हुनेछन ।

 


सैनामैना चक्रपथ नेपालकै लामो चक्रपथ अन्तरगत पर्दछ । करिव ५५ किलोमिटर लामो चक्रपथको बाँकी निर्माणको काम सम्पन्न हुने भएपछि सैनामैनाको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
एसियाली विकास बैंक र सैनामैना नगरपालिका बीच दुई अर्ब २० करोड रुपैया बराबरको परियोजनाका लागि बुधबार काठमाण्डौं स्थित अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत जनक थापा तथा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुस्कर र एसियाली विकास बैंकका कन्ट्री डाईरेक्टर अर्नाड काउसीसले सम्झौतमा हस्ताक्षर गर्नुभएको हो ।

 


एसियाली विकास बैंकले नगरपालिकाहरुको भौतिक विकास र सुशासन प्रवद्र्धनका लागि पोखरा महानगरपालिका र जनकपुर उपमहानगरपालिकाका साथै सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक, रामग्राम, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकासंग सम्झौता गरेको हो ।
एसियाली विकास बैंकले पालिकाहरुको सहरी क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र पालिकाहरुको क्षमता विकासका लागि आठवटा पालिकाहरुलाई छनोट गरि परियोजना लागू गरेको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय