LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको विहिवार गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

उदघाटन मन्तब्य ब्यक्त गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गैडहवा गाउँपालिकाको लागि गौरव भएको उल्लेख गर्दै प्रतियोगितामा भाग लिने खेलाडी विद्यार्थी भाई बहिनीहरुलाई सफलताको शुभकामना दिनुभयो ।

उहाँले गैडहवाका विभिन्न स्थानमा खेल मैदान बनाउन पालिकाले अध्ययन सुरु गरेको बताउँदै गैडहवालाई खेलकुद क्षेत्रको हव बनाउन कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्चुलाल केवटले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विद्यार्थी भाई बहिनीहरुका लागि शैक्षिक महोत्सव जस्तै रहेको बताउँदै विद्यार्थीहरुका लागि मात्र होइन गैडहवाकै लागि खुसीको क्षण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमात्र नभै विद्यार्थीहरुबीच परिचयका साथै खुसी साटासाट गर्ने माध्यम पनि बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णपसाद पन्थी, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी, शिक्षा प्रेमी लगायतले बोल्दै राष्ट्रपति रनिङशिल्ड खेलकुद पालिकाकै गौरव भएको बताउनु भयो । चारदिनसम्म चल्ने प्रतियोगिता उदघाटनकै अवसरमा प्रतियोगितामा सहभागी विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय