LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको विहिवार गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले एक समारोहका बीच उदघाटन गर्नुभयो ।

उदघाटन मन्तब्य ब्यक्त गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गैडहवा गाउँपालिकाको लागि गौरव भएको उल्लेख गर्दै प्रतियोगितामा भाग लिने खेलाडी विद्यार्थी भाई बहिनीहरुलाई सफलताको शुभकामना दिनुभयो ।

उहाँले गैडहवाका विभिन्न स्थानमा खेल मैदान बनाउन पालिकाले अध्ययन सुरु गरेको बताउँदै गैडहवालाई खेलकुद क्षेत्रको हव बनाउन कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्चुलाल केवटले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विद्यार्थी भाई बहिनीहरुका लागि शैक्षिक महोत्सव जस्तै रहेको बताउँदै विद्यार्थीहरुका लागि मात्र होइन गैडहवाकै लागि खुसीको क्षण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमात्र नभै विद्यार्थीहरुबीच परिचयका साथै खुसी साटासाट गर्ने माध्यम पनि बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णपसाद पन्थी, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी, शिक्षा प्रेमी लगायतले बोल्दै राष्ट्रपति रनिङशिल्ड खेलकुद पालिकाकै गौरव भएको बताउनु भयो । चारदिनसम्म चल्ने प्रतियोगिता उदघाटनकै अवसरमा प्रतियोगितामा सहभागी विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय