LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
कपिलवस्तु ।
सामाजिक परम्परालाई तोड्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागकी २४ वर्षिया अनिशा दाहालले आफनो बुबालाई दागबत्ती दिएकी छिन्। दागबत्ती पछि उनी किरियामा समेत बसेकी छिन्। धार्मिक परम्ंपरा अनुसार पुरुषले मात्र दागबत्ती दिने चलन छ। तर, अनिशाले आइतवार बुबालाई गुमाए पछि दागबत्ति दिएकी हुन्।
उनले सोमवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा किरिया बस्ने सेतो पहिरनमै आफनो बुवाको शवमा दागबत्ती दिएर अन्तिम श्रद्धाञ्जली दिएकी हुन्।
मृतक दाहालकी छोरी अंकिता र कान्छी छोरी अनिशाले घरबाट रामघाटसम्म शवलाई काँधमा बोकेर समेत लगेका थिए। अनिशा काठमाडौँमा आईटी विषयमा ब्याचलरमा अध्ययनरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय