LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मेकानिकल इञ्जिनियरिङ विभागका विद्यार्थीहरुले कम्प्याक्टर मेसिन निर्माण गरेका छन ।

स्थानीय तहहरुमा संचालन हुने फोहरमैला प्रशोधन केन्द्रमा प्लाष्टिकका बोतल लगायतका नकुहिने फोहरहरुको आयतन घटाउन यो मेसिन अत्यन्त उपयोगी हुने कुरा उक्त मेसिन बनाउने मध्येका एक विद्यार्थी अमूल भट्टराईले जानकारी दिए ।

यसअघि यस प्रकारको मेसिन विदेशी मुलुकबाट आयात गर्ने गरिएको थियो । नेपालको शिक्षालयमा यस्तो मेसिन पहिलोपटक बनेको शिक्षालयका उत्पादन इकाई प्रमुख टामलाल खनालले जानकारी दिनुभयो । १५० टनको बलले बस्तुलाई कम्प्रेश गर्ने यो मेसिन अत्यन्तै उपयोगी हुने इञ्जिनियर निरज तिवारीले बताउनु भयो ।

शिक्षालयमा डिप्लोमा तहमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, सूचना प्रविधि, मेकानिकल, रेफ्रिजेरेसन एण्ड एयर कण्डिसनिङ गरी ५ वटा इञ्जिनियरिङ कार्यक्रम संचालन भैरहेको शिक्षालय प्रमुख नविन गैरेले बताउनु भयो ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमा मात्रै होइन विदेशमा समेत दक्ष प्राविधिकका रुपमा काम गरेर नेपालको नाम र पहिचान बढाउन सफलता प्राप्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय