LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको गैडहवामा संचालन भएको पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सूर्यपुरा माध्यमिक विद्यालयले जित्न सफल भएको छ ।

सूर्यपुरा माविले ९ स्वर्ण, १ रजत र ६ कास्यपदक हात पार्न सफल भएको हो । यही माघ ४ गतेदेखि राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा हसनापुर माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको हो । हसनापुर माध्यमिक विद्यालयले ७ स्वर्ण, ९ रजत र १ कास्य पदक जित्न सफल भएको हो ।

त्यसैगरी जीवनज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित तेश्रो स्थान हासिल गरेको छ । गैडहवा  गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवराज पौडेलको अध्यक्षता र पालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, पूर्व गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी लगायतको आतिथ्यता रहेको थियो .
प्रतियोगितामा गैडहवाका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयका करिव १ हजार दुईसय विद्यार्थीले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय