LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको गैडहवामा संचालन भएको पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी सूर्यपुरा माध्यमिक विद्यालयले जित्न सफल भएको छ ।

सूर्यपुरा माविले ९ स्वर्ण, १ रजत र ६ कास्यपदक हात पार्न सफल भएको हो । यही माघ ४ गतेदेखि राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा हसनापुर माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको हो । हसनापुर माध्यमिक विद्यालयले ७ स्वर्ण, ९ रजत र १ कास्य पदक जित्न सफल भएको हो ।

त्यसैगरी जीवनज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित तेश्रो स्थान हासिल गरेको छ । गैडहवा  गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवराज पौडेलको अध्यक्षता र पालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, पूर्व गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी लगायतको आतिथ्यता रहेको थियो .
प्रतियोगितामा गैडहवाका संस्थागत र सामुदायिक गरि ३९ विद्यालयका करिव १ हजार दुईसय विद्यार्थीले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय