LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका स्थानीय विकास कोष शाखाको आयोजनामा सामुदायिक संस्थाका अध्यक्ष मेनेजर तथा सदस्यहरुलाई एक दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।

सैनामैना नगरपालिकाको सभाहलमा आयोजित तालिममा सैनामैना नगर क्षेत्रका करिव १ सय ३० जना बढीको सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर र सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिमको बिषयमा जानकारी दिदै सैनामैना नगरपालिका स्थानीय विकास कोषकी अध्यक्ष पार्वती ज्ञवालीले अध्यक्ष, मेनेजर तथा सदस्यहरुलाई एक दिने नेतृत्व तथा क्षमता विकास तालिम दिएर समूहमा नेतृत्व गर्ने क्षमता बढाउने तथा सिकाई अभिबृद्धि गर्न सहजीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास कोष सैनामैनाकी सदस्य सचिव लक्ष्मी खनालले एक दिने नेतृत्व तथा क्षमता विकास तालिम दिएर सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर र सदस्यहरुलाई आफ्नो संस्थाको नेतृत्व सक्षमरुपमा चलाउन र संस्थालाई अझै बलियो बनाउन सहयोग पुगोस भनेर तालिम आयोजना गरिएको बताउनु भयो । उहाँले सामुदायिक संस्था सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ तालिम आयोजना गरिएको बताउनु भयो ।

तालिममा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका सामुदायिक संस्थाका अध्यक्ष, मेनेजर तथा सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण योग प्रशिक्षक तथा सञ्चारकर्मी ऋषि न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय