LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव फागुन १० गते हुने भएको छ ।

स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शुक्रवार भूतपूर्व विद्यार्थीहरुको भेला विद्यालय परिसरमा सम्पन्न भएको छ । भेलाले भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल वस्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले विद्यालयको विद्यमान अवस्था र फागुन १० गते हुने स्वर्ण महोत्सवको तयारीका बिषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले विद्यालयमा अध्ययन गरेका तर अहिले देश तथा विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई स्वर्ण महोत्सवलाई भब्यरुपमा मनाउने क्रममा नैतिक तथा भौतिक रुपमा सहयोगमा जुटन समेत आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा भूतपूर्व विद्यार्थीहरुलाई आर्थिक, भौतिक र नैतिकरुपमा सहयोग गर्न आग्रह गर्दै विद्यालयलाई कुनैपनि समयमा पर्न सक्ने समस्यामा सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय