रुपन्देही जिल्लाका १६ वटै पालिकाहरुको १२ औं घुम्ती बैठक रुपन्देहीको सैनामैना नगरपािलकाको सभाहलमा आईतबार सम्पन्न भएको छ।
घुम्ती बैठकमा पालिकाका जनप्रतिनिधिहरुले विकास निर्माणको कामलाई प्रमुख प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन ।
जनप्रतिनिधिहरुले विकास निर्माणका साथै अरु काम गर्दा आईपर्ने कुनैपनि कठिनाई सामूहिक छलफल र सहकार्यबाटै समाधान गर्ने समेत घुम्ती बैठकमा सहमति जनाएका छन ।
रुपन्देहीका स्थानीय पालिकाहरुको हरेक महिना हुने घुम्ती बैठकको क्रममा आईतवार सैनामैनामा भएको १२ औं घुम्ती बैठकमा जनप्रतिनिधिहरुले काम गर्दा आईपर्ने समस्या र समाधानको बिषयमा मात्रै नभै नयाँ नयाँ योजना र कार्यक्रमका बिषयमा समेत छलफल गर्दै आएका छन ।
बैठकमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पालिकाहरुको घुम्ती बैठकले गरेको निर्णयहरु प्रभावकारी बन्दै गरेको बताउँदै बैठकका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा कमी आउन दिन नहुने औंल्याउनु भयो ।कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगरपालिकालाई आवश्यक पर्ने कार्यविधिहरु निर्माण गरिसकेको बताउँदै कर्ही संशोधन गर्नुपर्ने छ भने त्यसमा संशोधन गर्दै आएको बताउनु भयो । उहाँले नगरपालिकाले जिल्ला समन्वय समितिलाई दिने दुई प्रतिशत रकम प्रकृया पूरा गरि पठाईसकेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले रुपन्देहीका स्थानीय तहमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृतहरुले राखेका जिज्ञासा समाधान गर्ने थलोको रुपमा यो घुम्ती बैठकलाई उपयोग गर्नुपर्ने उल्लेख गर्दै रुपन्देहीका पालिकाहरुले सुरु गरेको यस प्रकारको बैठक लुम्बिनी प्रदेशका अरु पालिकाहरुका लागि अनुसरणयोग्य हुनुपर्ने बाउनु भयो ।



कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले सडकमा छाडारुपमा छोडिएको कुकुरहरुको व्यवस्थापन गर्न अत्यन्त जरुरी रहेको भन्दै यस बिषयमा पालिकाहरुबीच छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । त्यसैगरी विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले घुम्ती बैठक प्रभावकारी बन्दै गएको र बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने सन्दर्भमा भएका प्रगति तथा कमी कमजोरीको समीक्षा गरिएको गर्नुभएको थियो ।
त्यसैगरी घुम्ती बैठकमा पालिकाको स्वास्थ्य र शिक्षा शाखाले पिकअप लिन नसकेको, न्याय समितिहरु न्याय दिने काममा पछि परेको, न्यायिक समितिहरुले स्वतन्त्र रुपमा काम गर्न नसकेको तथा जनप्रतिनिधीहरुले राजनैतिक आस्थाका आधारमा सेवाग्राहीलाई सेवा दिने गरेको गुनासो गरिएको थियो ।
पालिकाहरुको अर्को महिनाको १३ औं घुम्ती बैठक सम्मरीमाई गाउँपालिकामा बस्ने सहमति भएको छ ।




