योजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कञ्चन रुपन्देहीको नवौं बार्षिक उत्सवको अवसरमा आइतवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ।
योजना साकोसले संस्थाको बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेको खुल्ला रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालित रक्तदानको कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष बिष्णु पौडेलले गर्नु भएको हो।
स्वयमसेवी रक्तदाताहरुलाईसन्देश ब्यक्त गर्दै योजना साकोसका अध्यक्ष बिष्णु पौडेलले सहकारी तथा कुनै पनि वित्तिय संघसंस्थाहहरुले नाफाका लागि आर्थिक कारोवार मात्र नभई सामाजिक उत्तरदायित्व समेत बहहन गर्नु आवस्यक रहेको महसुुस गरी संस्थाको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।
कुनैपनि बिरामीले उपचारको क्रममा रगतको अभावका कारण मृत्युवरण गर्न नपरोस र समयमै बिरामीले रगत पाउन सके मृत्युको मुखमा पुगेकाहरुको पुनः जिवनदान प्राप्त गर्ने भएकोले पनि साकोसरले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनु भयो।
कार्यक्रमका संयोजक चन्द्रबहादुर तरामु मगरले रक्तदान सबैभन्दा ठूलो पुण्य र धर्म भएकोले नियमित रुपमा स्वयमसेवी भावनाका साथ रक्तदान गर्ने रक्तदाताहरु अदृश्य भगवान भन्दा ठूलोे जिवित भगवान भएको बताउनु भयो।
संस्थाको कार्यालय कञ्चन १ बेलभरिया रुपन्देहीमा भएको रक्तदान कार्यक्रममा सहकारीका संचालक समिति, लेखा समिति, विभिन्नि उपसमितिका पदाधिकारी, शेयर सदस्य तथा शुभेच्छुक र नियमित रक्तदाता लगायत ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।
कञ्चनमा एकल संस्थाहरुले आयोजना गरी अहिलेसम्म सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाको रुपमा योजना साकोसले अभिलेख कायम गरेको छ। यसभन्दा अघि माघी पर्वको अवसरमा थारु कल्याणकारीणी सभा कञ्चनले ६२ युनिट रगत संकलन गरेको थियो ।







