LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

विश्व शान्तिका लागि म्याराथन दौड भने मुल नाराका साथ रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले आईतवार म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ ।
म्याराथन दौडको शुभारम्भ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना ४ मुर्गियास्थित लुम्बिनी गेटमा शान्तिका दूत परेवा उडाएर शुभारम्भ गर्नुभयो ।
म्याराथन दौड मुर्गियादेखि सुरु भएर सहिद नारायण पोखरेल रामापुर क्याम्पसको गेटसम्म पुगेर सम्पन्न भएको थियो ।
म्याराथनमा पुरुषतर्फ क्याम्पसका विद्यार्थी उमेश बरई प्रथम भएका थिए भने दोश्रो आकास पुन तथा तेश्रो सुशील भुसाल भएका छन ।
त्यसैगरी महिलातर्फ सुमिना नेपाली प्रथम भएकी छिन भने दोश्रोमा रोमा अधिकारी तथा तृतीय बिपना जैशी हुन सफल भएका छन ।
म्याराथन प्रतियोगिताबाट खेल क्षेत्रको मात्रै नभै नेपाली नेपाली बीच आपसी भाईचारा सम्बन्ध विकास गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय