LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए ।

 

उनले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । उनले देशमा कामै नपाउने अवस्था रहेको बताए । उनले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।

 

उनले भने, ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो । जनसंख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ । एकथरी सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ ।

 

एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरु कुरा छन् ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय