LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको छ ।
गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभाका सदस्यहरुलाई स्वागत गर्दै यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई बिधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले १५ औं अधिवेशनसम्म आईपुग्दा पालिकाको सामथ्र्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसंग सम्वन्धित ऐन, ३६ वटा कार्यविधि र चारवटा मापदण्ड निर्माण गरि जारी गरेको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष मौसमी थापा मगरले हिउँदे सभाको बजेट तथा कार्यक्रमको संशोधित आय ब्ययको विवरण प्रस्तुत गर्नुभयो । उहाँले राज्यको घटदो राजस्व संकलन तथा स्थानीय सरकारलाई प्राप्त हुने बजेट सिलिङबीच बढ्दो माग र आवश्यकता पूरा गर्नु भविष्यमा अझै चुनौतिपूर्ण हुने देखिएको बताउनु भयो । उपाध्यक्ष मौसमी थापा मगरले आन्तरिक आयबृद्धिलाई एक मात्र विकल्पको रुपमा रहेको बताउँदै उपलब्ध स्रोत र साधनबीच जनताको अधिकतम आवश्यकता पूरा गर्दै आएको उल्लेख गर्नुभयो ।

गाउँसभामा प्रम्ुख प्रशासकीय अधिकृत सागर गौतमले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसक्रममा उहाँले पालिकाको आन्तरिक श्रोत बृद्धि गर्ने हो भने पालिकाभित्र रहेको तालतलैया, विभिन्न हाट बजारहरु ठेक्का प्रकृयामा ल्याउनुपर्ने र भोलीदेखि नै प्रकृया सुरु गर्नुपर्ने बताउनु भयो । उहाँले पालिकामा आन्तिरक स्रोतका अनेकन सम्ंभावनाहरु रहेको उल्लेख गर्दै ती सवै आन्तरिक श्रोतका आधारलाई प्रकृयामा ल्याउने कुरामा ढिलाई गर्न नहुने बताउनुभयो ।


कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले कञ्चन गाउँपालिकाको जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेयक २०८० लाई लुम्बिनी प्रदेशको गाउँसभा र नगर सभाको कानुन निर्माण प्रकृया सम्वन्धि ऐन २०७५ को दफा १३ को उपदफा १ अनुसार सभा समक्ष पेस गर्नुभएको थियो ।
गाउँसभामा कार्यपालिका सदस्य कुमारी घर्ती, मिना बि.क. र रञ्जना थारुले शुभकामना मन्तब्य दिनुभएको थियो । गाउँ सभाको अर्को बैठक शुक्रबार विहान ८ बजे बस्नेगरी तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय