LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कपिलवस्तुको जगदीशपुर तालमा चरा आरक्षको प्रचारप्रसार गरी पर्यटनको विस्तार गर्न फोटो कार्यशाला मंगलवारदेखि सुरु हुने भएको छ । माघ १६ गतेदेखि देशभरका उत्कृष्ट फोटो पत्रकारलाई सहभागी गराई तालको पर्यापर्यटनको तस्बिरबाट उजागर गर्ने गरी तीन दिने फोटो कार्यशालाको आयोजना गरिएको हो ।

फोटो कार्यशालाले ताल र कपिलवस्तु जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले बताउनुभयो । गच्छामी मिडिया समूहले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरक्षको जैविक विविधता र सिमसार क्षेत्रको प्रचार गर्ने, ताल आसपासका बुद्धसँग जोडिएका पुरातात्त्विक स्थलको प्रवर्धन गर्ने, तालमा पाइने चरा, उभयचरको प्रचार गरी पर्यटनको विस्तार गर्ने उद्देश्य रहेको समूहका अध्यक्ष मनोज श्रीवात्सवले बताउनुभयो ।

फोटो कार्यशालाको अवसरमा चरा तथा प्रकृति र संस्कृति, सम्पदा तथा जीवनशैली गरी दुई विधामा फोटो प्रतियोगिताको समेत आयोजना गरिएको छ । २०७८ पुस मसान्तपछि आरक्ष आसपासमा खिचिएका फोटो मेल गरी प्रतियोगितामा भाग लिनसक्ने बताइएको छ ।

प्रत्येक विधामा उत्कृष्ट तस्बिरलाई पहिलो २५ हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । फोटो कार्यशालामा वरिष्ठ वाइल्ड लाइफ फोटोग्राफर चुङ्वा सेर्पा, पन्छी विज्ञ कृष्ण भुसाल, फोटो पत्रकार मनोज पौडेल, बृजेश जयसवालले सहजीकरण गर्ने बताइएको छ । कार्यशालाले यहाँ रहेको जैविक विविधताको फोटो बैङ्कको रूपमा विकास हुने फोटो पत्रकार मनोज पौडेलले बताउनुभयो

देशभरबाट १० जना र स्थानीय १० जना गरी २० जना फोटो पत्रकार, फोटोग्राफर, वाइल्ड लाइफ फोटोग्राफर र तस्बिर खिच्न रुचि राख्नेले इमेल मार्फत सहभागिता जनाउन सक्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय